#Politics
Target:
राष्ट्रपती रामबरण यादव
Region:
Nepal

नेपाल जसरी गरिविको रेखामुनी भासिदै छ, त्यसरीनै नेपालीहरु बिदेश भासिदै छन , भनिन्छ कृषि प्रधान देश तर हाम्रो कृषिको आधुनिकरण नहुनु पुश्तौ देखिको कृषिको सैली परिवर्तन नहुँदा उत्पादकक्तो घटनु, सरकार सधैं सत्ता र भत्ताको खेलमा निहित हुँदा, आज क्रिशकहरु मरुभुमीमा उँट च्रराउने देखी सोही मरुभुमिमा खेती गरी बिदेशलाई चकित पारीदियका छन, के यो उनिहरुको असक्षमता हो ? साधन र परीबिधीको ब्यबस्था भयो भने उनिहरुले नेपालमै बसी प्रसस्थ उत्पादन गर्नु सक्छन, र अहिले आएर युवा सक्ती बिदेश पलायन हुँदै छ भनेर गुनासो गर्नु कती सम्म अजिम्मेवारी हुन्छ ?

अत, यसरी उनिहरुले बिछोडको पिडा त तेसैपनी खेपी रहेका छन, तेसमा पनि देशको निती निर्माणमा उनिहरुको मतलाई नकार्नु कती सम्म देशले उनिहरु माथि हेल्च्क्र्याइ गरेको छ त? यस्तो पनि देश हुन्छ ? नागरिक बिनाको देश हुँदैन,
तेसकारण अब आउने चुनावमा उनिहरु जहाँ जहाँ छन उनिहरुले सोही देशको राज्दुतबाशबाट भोट हाल्न पाउने गरी यसको ब्यबस्था गरियोश !!

सम्मानानीय राष्ट्रपती ज्यु,
तपसिलका ब्यक्तिहरुले अब आउने चुनावमा हाम्रो अती भन्दा अती सानो हकको प्रयोग गर्नु पाउँ!!
धन्यवाद !

GoPetition respects your privacy.

The रोजगारिका लागि बिदेशियका सम्पूर्ण नेपालीलाई मतदानको ब्यबस्था गरियोस !! petition to राष्ट्रपती रामबरण यादव was written by Ratna Thapa and is in the category Politics at GoPetition.