#Media Issues
Target:
Social Court
Region:
GLOBAL

पत्रकारिता जस्तो बलियो, सशक्त, संबेदनशील पाटो जसलाई देश कै एक अभिन्न अंग मानिन्छ त्यही पत्रकारिता को गलत प्रयोग ले आज एउटा बिशुद्द मनोरंजन गर्ने अनि लाखौ दर्शक लाई पेट मिची मिची हसाउनुको साथै आफ्नो कुसल अभिनय मार्फत देश को सामाजिक, आर्थिक अनि राजनैतिक समस्या हरु मा प्रकाश पार्ने एउटा दिग्गज कलाकार राजाराम पौड्याल को चरित्र माथि हत्या गर्ने लाजमर्दो काम गरेको छ अस्ट्रेलिया को सबै भन्दा पुरानो नेपाली च्यानल MNTV (MY Nepali Television ) ले I

सन्दर्भ तनहुँ समाज अस्ट्रेलिया द्वारा आयोजीत तनहुँ सांगीतिक साँझ को I
झन्डै एक हजार दर्शक ले खचाखच भरिएको सिड्नी सिटी मा रहेको Wesley Theatre मा तनहुँ सांगीतिक साँझ भब्य रुप मा सम्पन्न भैरहेको थियो I सुगम को सहयोग दुर्गम को शिक्षा मूल नारा बोकेको उक्त कार्यक्रम मा charity स्वरूप राजाराम पौड्याल ले आफ्नै सिर्जना मा आधारित दमकल नामक हास्य नाटक प्रस्तुत गरेका थिए जसमा उनलाई साथ् दिएकी थिईन अस्ट्रेलिया मै बसोबास गर्दै आएकी सुजाता चालिसे ले I

कार्यक्रम शुरु हुनु पूर्व नै उद्घोषक मदन कोइराला तथा उद्घोषिका सबिना शाक्य ले भिडिओ नखिच्न सबैलाई अनुरोध गरेका थिए I तर बिडम्बना एउटा निजि व्यक्ति ले नभई समाज कै जिम्बेवारी बोकेको MNTV च्यानल ले उक्त नाटक लाई फसेबूक बाट प्रतक्ष्य प्रसारण गरिदियो i

लाज मर्दो कुरा झन् MNTV ले आफ्नो गल्ति स्वीकार्नु त परै जाओस उल्टै राजाराम पौड्याल को चरित्र माथि हत्या गर्ने प्रयास ले लेख प्रकाशित गर्यो i

http://mntv.com.au/portal/?p=१९१३१

एउटा प्रतिष्ठित च्यानल को यस्तो लाजमर्दो क्रियाकलाप ले हामीलाई लज्जित मात्रै बनाएन सोहि च्यानल प्रति बितृष्णा पनि जगाएको छ i
अब समय आइसकेको छ एउटा सामाजिक जिम्मेबारी बाट भागेर आफ्नो निजि गल्ति लुकाउन को लागी यस्ता मिथ्या समाचार प्रकाशन गर्ने च्यानल लाई बहिस्कृत गरि राजाराम पौड्याल जस्तो देश को गहना को लागी एक जुट हुने i

#iamwithRajaRam

We are here to discourage the unethical use of public media for their self motive and make them realise the power of public unity.
#letsUniteTogether
#IamWithRajaram

GoPetition respects your privacy.

The I am with Rajaram Poudel petition to Social Court was written by Sujal Chalise and is in the category Media Issues at GoPetition.

Petition Tags

#IamWithRajaram