#Civil Rights
Target:
The President Dr. Ram Baran Yadab
Region:
Nepal

नन्दप्रसाद अधिकारीको पत्र छोरालाई !

प्रिय छोरा,
माफ गर, हामीले ज्यानको बाजी लगाएर तिम्रो हत्यारालाई कठाघरामा ल्याउन हरदम प्रयत्न ग¥यौं । हाम्रो दुइमुठी सास रहुन्जेलसम्म तिम्री आमा र मैले न्यायको लागि भिख मागी रह्यौं तर यो दुनियाँले हाम्रो पुकार सुनेन, तिम्रो चित्कार सुनेन र सुनेन तिम्रो दाईको बिलौना । बाबु कृष्ण तिमी जन्मिएको ठाउँ साथै हामी जन्मिएकै ठाउँबाटै पृथ्वी नारायण शाहले देशको एकिकरण गरे ।

ऊ बेला न्याय नपाए गोर्खा जानु भन्ने उक्ति थियो, हामी न्याय मूर्तिको नाउँले कहलिएको जिल्लामा जन्मेको तिमी, तिम्रो विभत्स हत्या ती पापीले गरे । र मैले न्यायको लागि, न्यायकै कुर्चिमा वसेका न्यायमूतिसामु न्याय माग्न गएँ । तिम्रा अपराधीहरु खुलेआम डुल्दा मलाई पागलखानामा जाकिदिए न्याय मुर्तिले । महान विद्वान कहलिएका हाम्रै जिल्लाका डा. बाबुरामले हाम्रो पुकार सुनेनन् एकमनले लाग्छ, हजारौं देशका छोराको लाशमा राजनीतिक गरेका उनले छोराको मुल्य र बाबुको आत्मा किन चिन्दैनन भनेको त उनी छोराविहिन भएर होला ! किन वुझ्थे हाम्रा कुरा ।

छोरो कृष्ण यो बुढेसकालमा तिमीहरुले हाम्रो भार पीडा साथ दिदैं काँध थाप्नेछौं भन्ने सपना बुनेको थिएँ । जेठोले राम्रो जागीर खाला, वुहारी ल्याउला । मैले नाती नातीनी खेलाउँदै आगनमा घुमौंला । तिम्री आमा घरको भित्र र वाहिर चुरा बजाउँदै चिया टकारेको, नाती नातीनीलाई मैले हातमा समातेर अक्षर चिनाउन खोज्ने मेरा सपना थिए । अँ, छोरो तिमीले राम्रोसँग पढौंला तिम्रो पढाइलाई दाइले पनि सहयोग गर्ला । र राम्रो जागीरे भएपछि तिम्रो लागि केटी हेर्न मैले गोर्खा वजारकै ओरालोमा एक जोर लबेदा, अस्कोट, दौरा सुरुवाल सिलाएर केटीको परिवार हेर्न जाने सोच बनाएको थिएँ । मलाई कम्ती रहर थिएन सम्धी सम्धेलो गर्न । बिहाको दिन घरभरी जन्तीलाई आफ्नै घरमा तिम्री आमाले हुर्काएकी वाख्रो काट्ने रहर थियो ।

तिम्री आमाले मसिनाको चामको पिठो कुटेर रोटी पकाएर गाउँभरीका दिदीवहिनी आमा छोरीहरुलाई आफ्नै हातले वाड्न चाहन्थी होली, सारीको फर्कोलाई कम्मरमा उनेर तिम्री आमालाई नचाउँदा हुन तिम्रो विवाहमा । बैंशमा बहुत नाच्न सिपालु थिइ तिम्री आमा त्यो विवाहको रतौंलीमा कस्तरी नाच्दी होली? यो सपना सपनानै भो, धिक्कार छ मेरो जुनी । एकातिर तिम्री आमाको प्राण घुट घुट भइरहेको छ । मैले हेर्न सक्दिन म अर्केतिर फर्केछु । मानव सुन्य चेतनाको ठाउँमा हाम्रो पुकार सुन्ने कोही भइदिएनन् ।

तिमी जन्मदा, मैले निधारमा चुप्प गरे, त्यही निधारमा स्वाँठहरुले तिमीलाई हाने । मैले ताते ताते भनेर औला दिएर पृथ्वीमा तिमीलाई हिड्न सिकाएँ, त्यही औंलामा स्वाठहरुले काटे । तिम्री आमाले ९ महिनासम्म पेटमा राखेर संसार चिनाउन वाहिर निकालीन संसार चिन्न नपाई तिम्रो हजारौं सपनामाथी वलत्कार गरे स्वाँठहरुले । तिमीले चुसेका आमा दुधको ऋणलाई चुक्ता गर्न नदिएर स्वाठहरुले आमा छोराको ममतालाई हत्या गरे । तिम्रो हत्याको चित्कार र मृत्यु बाबा बाबा भनेर चिच्याएको याचना मैले कल्पनै गर्न सक्दिन बाबु । तिमी सहारा विहिन भएर चिच्यायौं । म सहारा विहिन भएर लडेको छु । यत्रो साढे २ करोड मानिस छन् यो देशमा हाम्रो याचना सुन्ने केही मानवअधिकार र केही स्वच्छ पत्रकारवाहेक अरु कोही छैन । विवेक हुँदो हो त तिम्रो हत्या गर्ने हत्याराहरु यसरी घुमेर हिड्दा खै कसले समात्ने खै कसले न्याय दिने?

तर तिम्रो मृत्युबाट अवश्य ती कायरहरु ढल्नेछन् । सत्य कहिल्यै डग्दैन हामी गएपनि यो चन्द्रगुप्त जस्ता साहसी न्यायपालक शासक र चाणक्य जस्ता महान व्यक्तिहरुको उदय हुनेछ र धनानन्दजस्तालाई मार्नेछन् । न्याय पाइनेछ । मृत्यु पछिको न्याय मैले नदेखेनी तिम्री आमाले आफ्नै आँखाले देख्न चाहेकी
थिई । अस्तिसम्म बाबुको हत्यारालाई कारवाही नहुँदासम्म म खान्न भनेको सुनेँको थिएँ अहिले उसको होसै छैन, बोल्न छाडी, सास मात्रै वाँकी छ । मलाई पनि चिन्न छाडी म उता फर्कन छाडे । बाबु मलाई माफ गर ।

तिम्रो बुबा
नन्द प्रसाद अधिकारी

Please sign and this petition will be submitted to the President Dr. Ram Baran Yadab.

GoPetition respects your privacy.

The Nanda Prasad and Gangamaya Adhikari petition to The President Dr. Ram Baran Yadab was written by Krishna KC Media Forum and is in the category Civil Rights at GoPetition.